धादिङ ०१ मङ्सिर
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीमा स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । संघीय सरकारको २ करोड ५० लाख लागत रहेको उक्त भवन बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भक्त बहादुर लामिछानेले शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामिछानेले वडाका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउदै नयाँ भवन निर्माण पश्चात नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउनु भयो ।
यही जेष्ठ मशान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त १६ कोठे भवन निर्माणपश्चात सेवाहरु विस्तार गर्दै जाने समेत वडा अध्यक्ष लामिछानेले बताउनु भयो । स्वास्थ्य चौकीले हाल ल्याब सहितको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस