धादिङ भाद्र ७
लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशील रहेका धादिङका पत्रकार नारायण सिलवाल सम्मानित भएका छन् । बुधबार फोटो पत्रकार समूहले प्रदान गर्दै आएको हरि गोपाल फोटो पत्रकारिता पुरस्कार–२०७६ पर्या–पर्यटनतर्फबाट सिलवाल सम्मानित भएका हुन् ।
फोटो पत्रकार समूहको बागमती प्रदेश अध्यक्ष समेत रहेका सिलवालले धादिङ पोष्ट डट कम अनलाइन समेत सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस