धादिङ,०४ फागुन ।
वरिष्ठ साहित्यकार ब्रदीप्रसाद दाहाल द्धारा लिखित “सयपत्री” छन्दकविता सङग्रह र “माला चिन्तन” निबन्ध सङग्रह पुस्तक विमोचन गरिएको छ । मंगलबार धादिङ सिर्जना प्रतिष्ठानको आयोजनामा धादिङबेशीको नीलकण्ठ माध्यामिक विद्यालयमा सार्वजनिक गरिएको हो । कार्यक्रममा साहित्यकार डाक्टर नविनबन्दु पहाडीले उक्त पुस्तकको समिक्षा गर्दै पुस्तकमा ३९ वटा निबन्ध मध्ये धेरै निबन्धहरुमा सामाजिक विषय वस्तुको उत्खनन गरेको बताउनु भएको थियो । साथै निबन्ध भनेको आफुलाई लागेको दृष्टिकोण अरु सामु व्यक्त गर्नु मात्रै नभई मस्तिष्कको पोषण भएको बताउनु भएको छ ।
विमोजन कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्य भनेको एक अमूल्य गहना भएकोले यसको सम्मान गर्नुपर्ने बताउनु भएको थियो । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको विमोचन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । साथै साहित्यकार बद्रीप्रसाद दाहालले उक्त पुस्तकबाट आफुले कुनै पनि आम्दानीको अपेक्षा नगरी विमोचन गरेको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस