कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटासँग रेडियो बिहानी ९७.६ मेगाहर्जको लोकप्रिय कार्यक्रम विहानी संवादमा प्रस्तोता सञ्जय देवकोटाले गर्नु भएको कुराकानी
पहिला कृषि विकास कार्यालय थियो । अहिले प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रका रुपमा रहेको छ । हिजो कृषि विकास कार्यालय हुँदा र अहिले कृषि ज्ञान केन्द्रको रुपमा रहदा कतिको फरक पाइएको छ ?
साविकको कृषि विकास कार्यालयले कृषिको सम्पूर्ण कामहरु गथ्र्यो । जस्तै ः विउ विरुवा उत्पादन, च्याउ, मह, रेशम जस्ता थुप्रै किसिमका विउ वितरण गर्ने काम कृषि विकास कार्यालयबाट सञ्चालन हुन्थ्यो । हामीकहाँ ५३ जनाको दरबन्दी थियो । ६ वटा सेवा केन्द्रहरु थिए । केन्द्रहरुमार्फत हामी सेवा प्रदान गथ्र्यौँ । प्रत्येक केन्द्रमा २÷३ जना प्राविधिक कर्मचारीहरु हुनुहुन्थ्यो । जिल्लाको कार्यालयमा ४ जना अधिकृतहरु हुनुहुन्थ्यो । एकजना कार्यालय प्रमुखको रपमा रहनुहुन्थ्यो । यसरी हामीले विषय विशेषज्ञ भनेर अधिकृतहरुलाई कामको बाडफाँड गरेर सेवा केन्द्रबाट सेवाहरु प्रवाह गथ्र्र्यौँ । धेरै कार्यक्रमहरु, मलका विउ, विषादीहरु, रासायनिक मल नियमनका कुराहरु जस्ता थुप्रै कार्यक्रमहरु साविक कृषि विकास कार्यालय हुँदा हामीले नै गथ्र्यौँ ।
अहिले कृषि ज्ञान केन्द्र हुँदा यहाँहरुले के कस्ता सेवा प्रवाह गरिराख्नु भएको छ ?
संघियता लागु भएसँगै कृषि विकास कार्यालयमा आउने कार्यक्रमहरु, बजेटहरु स्थानीय तहमा गए । सम्बन्धित गाउँ पालिका, नगरपालिकाहरुमा कृषिका कामहरु गरिए । साविक कृषि विकास कार्यालय भनेर हामी एक वर्ष बस्यौँ । १ वर्ष हामीले कुनै किसिमको कार्यक्रमहरु सञ्चालन गरेनौँ । १ वर्ष त्यतिकै तलब भत्ता मात्रै खाएर बस्यौँ । त्यस पछाडि २०७५ साउनदेखि प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र स्थापना गर्ने भन्ने कुरा आयो । त्यसपछि प्रदेश मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत कृषि ज्ञान केन्द्र राख्ने कुरा भयो । अब कृषि ज्ञान केन्द्र मार्फत धादिङ जिल्लाभरी कृषिका कामहरु गर्ने, कार्यक्रम सञ्चालन गर्ने भन्ने कुरा भयो । त्यसपछि के आयो भने कृषि र भेटेनरीको एउटै कार्यालय राख्ने भनेर प्रदेश मुख्यमन्त्री, प्रदेश सरकारले त्यो किसिमको काम पनि ग¥यो र पछि भएन । हामीले गरेको काम खेर गयो । २०७५ कार्तिक ७ गते मात्रै धादिङमा कृषि ज्ञान केन्द्रको स्थापना भयो । ४ जना अधिकृतको दरबन्दी छ तर अहिलेसम्म १ जना पनि अधिकृत हुनुहुन्न । ३ जना प्राविधिक हुनुपर्ने थियो तर १ जना प्राविकिधले काम गरिरहनु भएको थियो भने कार्यक्रमहरु खासै सञ्चालन गर्न सकिएन । गत फागुन, चैत्रबाट मात्रै कार्यक्रमहरु आउन थालेका छन् । हाल हामीले विशेष गरी यान्त्रीकरणमा, कृषि सडकमा,, अर्गानिक, प्राङ्गारिक खेती सम्बन्धी काम गर्ने, साना सिञ्चाई, सहकारी खेती जस्ता कामहरु गरिरहेका छौँ । कृषि ज्ञान केन्द्र प्रदेश सरकार अन्तरगतको कार्यालय भयो । स्थानीय तह, कृषिको क्षेत्र थोरै अगाडि बढेको छ । यो प्रदेश अन्तरगतको कार्यालय भएकोले सबै कुरा मिल्दै जान समय लाग्छ । जुन कामहरु पहिला गरेका थियौँ त्यो भङ्ग भएको छ । अब फेरी क्रमबद्ध रुपमा जान केही समय लाग्छ ।
तत्कालिन अवस्थामा कृषि ज्ञान केन्द्रले गर्ने कामर के के हुन् ?
विश्व अर्गानिक उत्पादनमा लागिसकेको बेला छ । हामी पनि अब उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अर्गानिक उत्पादनमा लाग्नु पर्छ भन्ने उद्देश्यका साथ हामीले अर्गानिक उत्पादन गर्ने किसानहरु छानिसकेका छौँ । उहाँहरुले उत्पादन गरेको तरकारी फलफूलको बजार व्यवस्थापन पनि हामीले नै गर्ने छौँ । किसान तथा व्यापारीलाई समेटेर कार्यक्रमहरु राख्ने योजना बनाएका छौँ । त्यस्तै अर्गानिक उत्पादन गर्ने किसानहरुसँग व्यापारीहरुले सक्झौता गर्नुपर्ने हुन्छ । तपाईँको सामान हामी किन्छौँ, विक्री गर्छौँ भनेर सम्झौत गर्ने त्यस्ता किसिमका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ । हामीले रैथाने बाली विकास कार्यक्रम सञ्चालन गरिरहेका छौँ । किसानहरुलाई यस सम्बन्धी तालिमहरु दिने, गहुँ, फापर, कोदो जस्ता खाद्यान्नको परिकारहरु बनाउन सिकाउने, विउहरु उपलब्ध गराउने, उपकरणहर उपलब्ध गराउने आदि रैथाने बाली सम्बन्धी कार्यक्रमहर हामीले सञ्चालन गरेका छौँ । बजार वरपरका वस्तीहरुमा प्लास्टिक घरको विस्तार गरी तरकारीहरु उत्पादन गर्ने, गड्यौले मलहरु उत्पादन गर्ने त्यसपछि गोठमल सुधार गर्ने, मुत्र सङ्कलन गर्ने जस्ता कार्यक्रमहरु पनि हामीले राखेका छौँ ।
धादिङ लगायत देशैभर तरकारीहरुमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको छ । यसको नियमन कसले गर्छ ?
विषादी र विषादीयुक्त मलहरु प्रयोग गर्न हामीले नै सिकाएका हौँ । विषादी मलहरु प्रयोग गर्दा किराहरु मर्ने बाली राम्रो हुने हुनाले हामीले विषादीको प्रयोग गर्छौँ । किसानहरुले रोग, किरा लागिसकेपछि पनि विषादी प्रयोग गर्ने नलागे पनि गर्ने हुनाले बाली बिग्रन्छ । किरा लागे मात्र आवश्यकता अनुसार विषादी प्रयोग गर्नुहोस् । नत्र नगर्नुहोस् । जुन कुरा आवश्यक नै छैन । एउटा बालीमा ३÷४ पटक भन्दा बढी विषादी हाल्नु पर्दैन । बालीको अवस्था समय र मौसम हेरेर विषादी हाल्नुपर्छ । हामीले विषादीको प्रकार पनि चिन्नु पर्दछ । विषादी पनि २ किसिमको हुन्छ । नरम र कडा । नरम विषादी हालेको ७ दिनमा फल टिप्न मिल्छ भने कडा विषादी हालेको अवस्थामा फल टिप्न १५÷२० दिन पर्खिनु पर्छ । ७ दिन अथवा १५ दिनपछि तरकारी टिप्दा त्यसमा विषादीको अवशेष रहदैन र तरकारी स्वच्छ तथा स्वास्थ्यबर्धक हुन्छ । विष हालेको २÷३ दिनमै तरकारी टिपियो भने त्यसमा विषादीको अवशेष रहिरहन्छ जसले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरु निम्त्याउन सक्छ । हामीले रासायनिक मलको प्रयोग गर्दा कति प्रयोग गर्ने जानकारी नलिइकन हाल्ने गरेका छौँ । त्यसो हुँदा बाली राम्रो हुनुपर्ने ठाउँमा सखाप हुन्छ । मानिसलाई विभिन्न समयमा खानाको आवश्यकता परे जस्तै विरुवालाई पनि धेरै खालको खानेकुरा अर्थात मल, पानी, विषादी आदि खाद्यपदार्थ चाहिन्छ । हामीले समय समयमा सबै कुरा मिलाएर दिनुपर्छ जसले गर्दा विरुवा राम्रो हुन्छ । प्राङ्गारिक मल प्राङ्गारिक खेतीको लागि यही वर्षबाट नेपाल सरकारले अभियान सुरु गरिसकेको छ । विभिन्न संघ संस्थाबाट पनि यो अभियान सुरु भइसकेको छ । प्राङ्गारिक युक्त तरकारीहरुको उत्पादन गर्ने नीति नेपाल सरकारले तयार गरिसकेको छ । बजार सरकारको हातमा छैन । नीजि निकायले नै बजारको व्यवस्थापन, मूल्य निर्धारण गर्दै आइरहेका छन् । खुल्ला अर्थतन्त्र लागु भएकोले नीजि निकायले बजारको प्रतिनिधित्व गरिरहेका छन् । त्यसैले हामीले तरकारी तथा खाद्य वस्तुहरुको मूल्य तोक्न सकिरहेका छैनौँ । नेपाल सरकार, प्रदेश सरकारले विभिन्न स्थानमा कालीमाटी जस्ता तरकारी बजारहरु खोल्नुपर्छ जसले गर्दा बजार भाउमा नियन्त्रण गर्न सहज हुन्छ ।
बजारमा आउने तरकारीमा विषादीको मात्रा कति छ ? त्यो मापन गर्ने यन्त्र यहाँहरुसँग छ कि छैन ? समय समयमा मापन गर्ने गरिएको छ कि छैन ?
विषादी मापन गर्ने यन्त्र कालीमाटमिा छ । त्यस्तै पोखरा, नारायणघाट, विराटनगर, नेपालगञ्ज जस्ता ठुला सहरहरुमा स्थापना भएका छन् । सन्तोषजनक काम भने भएको पाइदैन । त्यसको लागि जनशक्तिको अभाव छ । हाम्रो धादिङ जिल्लामा चाहि त्यस्तो मेसिनहरु छैन । हाम्रो स्थानीय तहमा उत्पादन भएका तरकारीहरु कहिलेकाही कालीमाटीमा जाचँ हुने गर्छ । त्यसको जानकारी हामीकहाँ आउँछ । कृषिमा प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ जसले गर्दा स्वच्छ तरकारीहरु उत्पादन हुन्छ । हामीले देशमा बसेर राम्रोसँग गर्न सक्ने भनेको कृषि हो । हामी सबै विदेशीको भर पर्नुपर्ने अवस्था छ । कृषि र कृषि उत्पादकत्व वृद्धिमा ठुलो योगदान कृषकहरुको रहन्छ र रहोस् भन्ने कामना गर्दछु ।
प्रतिक्रिया दिनुहोस