धादिङ १९ भाद्र
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङका थप ९ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टी भएका छ । शुक्रबार ६ दिन अघि गाउँपालिकाका ४७ जनाको पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन गरी पठाइएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले जानकारी दिनुभयो । योसँगै त्रिपुरा सुन्दरी गाउँपालिकामा मात्रै कोरोना पोजेटिभको कुल सङ्ख्या ५८ पुगेको छ । कुल सङ्क्रमितमध्ये ३४ जना आइसोलेशनमा रहेको र २३ जना निको भएर घर गएका छन् । यस्तै थप ९६ जनाको स्वाव सङ्कलन गरी पिसिआर परीक्षणको लागि पठाइएको इटनीले बताउनु भयो । हालसम्म त्रिपुरा सुन्दरी गाउँपालिकाका ३ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस