• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 03, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    जिल्लाको स्वास्थ्यको अवस्थालाई सुधार गर्न विशेष प्रयत्न गर्ने छु : प्रमुख विष्णु रिजाल

    २६ बैशाख २०७६, बिहीबार १९:१७

    रेडियो बिहानी संवाददाता

    नेपाल सरकार प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय मार्फत जिल्लामा स्वास्थ्य कार्यालय रहने निर्णय भएसँगै जिल्लामा निमित्त स्वास्थ्य प्रमुख भएर आउनु भएका विष्णु प्रसाद रिजालसँग जिल्लाको समग्र स्वास्थ्य अवस्था, स्वास्थ्य कार्यालयको काम, कर्तव्य र अधिकार, प्रदान गर्ने सेवाहरुका बारेमा रेडियो विहानी ९७.६ मेगाहर्जको लोकप्रिय कार्यक्रम विहानी संवादमा प्रस्तोता सञ्जय देवकोटाले गर्नुभएको कुराकानी ।

    • स्थानीय स्तरबाटै स्वास्थ्य सम्वन्धी सवै कामहरु गर्ने भनियो तर बीचमा स्वास्थ्य कार्यालय हट्यो र डिभिजन कार्यालयको रुपमा रहने भनियो त्यो पनि नभएर अहिले स्वास्थ्य कार्यालय सवै जिल्लामा रहने भनेर निर्णय भएसंगै तपाई निमित्त स्वास्थ्य प्रमुख भएर आउनु भएको छ । यो विचमा अन्यौलता धेरै नै भयो नि है ?
      सघीय सरकार आउनु भन्दा अगाडि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सवै स्वास्थ्य सेवा विभाग, पाँच ओटै विकास क्षेत्रमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र सवै जिल्लामा जनस्वास्थ्य कार्यालय रहेर स्वास्थ्यका सबै गतिबिधीहरु स्थानिय स्तरका निकायबाट भइरहेको थियो भने संघीय सरकार आएसंगै सबै जिल्लामा स्वास्थ्य कार्यालय नरहने भनियो र त्यही अनुसार सवै गाँउपालिका तथा नगर पालिकामा स्वास्थ्य विभागका साथै स्वास्थ्यका कर्मचारी रहने भए पछि जनस्वास्थ्यवाट प्रदान हुने सेवा सुविधा पालिका स्तरमा नै रहेर काम गर्ने स्वास्थ्यका कर्मचारीहरुले सेवा सुविधाहरु प्रदान गर्ने भनेर निर्णय भयो तर वीचमा केही अन्यौलता आएको थियो । पछि सरकारले ३५ ओटा डिभिजन कार्यालय राख्ने भनेर निर्णय गरे पनि काम राम्रो संग हुन सकेन । भर्खरै सुरुवात भएको स्थानीय तहका जनप्रतिनिधी सवै पुराना पनि छैनन् त्यस्तै स्वास्थ्यकर्मीहरु पनि काम गर्ने हिसावमा अन्यौलनै देखिनु हुन्छ यसकारण्ले पनि काममा अन्यौलता देखिएको हुन सक्छ ।यहि बिचमा स्वास्थ्य सम्वन्धि कार्यक्रमहरु, औषधिको ब्यवस्थापन गर्न सकिएन आम नागरिक सेवाबाट वञ्चित हुनुका साथै काममा पनि अन्यौलता देखिन्छ भन्ने हिसाबले स्वास्थ्य कार्यालय रहनुपर्छ भन्ने निर्णय भएसँगै प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालयद्धारा जिल्लामा स्वास्थ्य कार्यालय राखिएको हो ।
    • संघीय सरकार आउनु भन्दा पहिला जिल्लामा जिल्ला जनस्वास्थ्यले दिने सेवाहरु एकदमै धेरै थियो । स्वास्थ्य कार्यालयले सबै स्वास्थ्य चौकीहरुको अनुगमन गर्ने , खोप, औषधी वितरण , बन्ध्याकरण लगायत सवै काम जिल्ला जनस्वास्थ्यले गर्दै आएको थियो तर अहिले स्थानीय तहमै स्वास्थ्यका सवै कामहरु भइरहेको छ । अव चाहि स्वास्थ्य कार्यालयले गर्ने कामहरु के के हुन्छ ?
      यहाँले भने जस्तै पहिला सवै कामहरु जिल्ला जनस्वास्थ्य कार्यालयबाट हुन्थ्यो भने अहिले स्थानीय तहबाट सबै कामहरु भईरहेको छ । तर अझै केही कामहरु स्थानीय तहबाट हुन सकेको अवस्था छैन जस्तै प्राय स्थानीय तहले स्थानीय स्तरबाट नै खोपको बितरण गर्न सकेका छैनन् । जिल्लाबाट नै पठाउनु पर्ने हुन्छ । जिल्लामा एउटामात्र स्टोर सेन्टर छ भने सल्यान्टार, दार्खा र वैरेनीमा गरी ३ ठाउँमा शाखा सेन्टर छ तर सवै ठाउँमा यसको पहुँच छैन । त्यसमा जिल्लाले नै ब्यवस्थापन गर्छ । केन्द्रबाट आएको सामान जिल्लाबाट शाखा सेन्टरमा पठाइन्छ । यसरी खोपको व्यवस्था स्थानीय तहबाट नै गर्न सकिएको छैन । तर यसको लागि योजनाहरु निर्माण हुदै छ । परिवार नियोजनको लागि आवश्यक पर्ने साधनहरु विभिन्न स्वास्थ्य संस्थाहरुमा कमै रुपमा पाइने गर्दछन् । म जिल्लामा नियुक्त भई सकेपछि ५०० थान परिवार नियोजनका साधनहरु वितरण गरेका थियौ तर पनि यथेष्ट रुपमा परिपूर्ति गर्न सकेको अवस्था छैन । गत आर्थिक वर्षमा २ सिजन गरी परिवार नियोजनको स्थायी घुम्ति शिविर सञ्चालन गर्ने गरेका थियौ । यो वर्ष शिविर संचालन गर्न सकिएन तर पछि सम्पर्कमा आएका ५२ जनालाई सेवा प्रदान गरियो । स्वास्थ्य कार्यालय नहुदा समन्वय र सहकार्यमा बाधा हुने कुरा प्रष्ट रुपमा देखिन्छ । विभिन्न कार्यमा आवश्यक पर्ने स्रोत र साधनको लागि सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता देखिन्छ ।
    • तपाई नियुक्त भएर आउनु भएको कति भयो र यो समयमा के कति कामहरु गर्नु भयो ?
      यही बैशाख ९ गते नियुक्ति भएर आएँ । नियुक्ति भएर आएको १६:१७ दिन भयो । ५ महिनादेखि कर्मचारी साथीहरुले तलब पाउनु भएको थिएन । सर्वप्रथम तलबको व्यवस्था भयो । त्यसपछि लागि औषधीहरु स्टोर गरेर राखिएको छ कि छैन हेरेर अनुगमन गरेर औषधीको व्यवस्थापन, साथै स्टोरको सरसफाई गरी केन्द्रवाट औषधी मगाए । केन्द्रबाट पनि औषधी १६ गते नै आयो अहिले स्टोरमा पर्याप्त औषधी छ । अस्पतालमा उपलव्ध ७० प्रकारका औषधी, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकिमा ३५ प्रकारका औषधीहरु उपलव्ध छ । धादिङमा रहेका संचारकर्मी, स्वास्थ्य कर्मी साथीहरु, जनप्रतिनिधी लगायतसँग छलफल कार्यक्रम संचालन गरँे । लगभग असारसम्म कार्यक्रमहरु हुन्छ । कार्यालय प्रमुख नआएसम्म म आफै नियुक्त रहन्छु र विभिन्न कामहरुको योजना वनाएर काम गर्ने छु ।
    • स्वास्थ्य कार्यालयले काम गर्ने क्षेत्राधिकार तथा कामहरु के के हुन् ?
      सबै स्थानीय तहसँग सहकार्य गर्ने र विभिन्न निकायहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वयन गरी विभिन्न कार्यक्रमहरु संचालन गर्न स्थानीय तहमा स्वास्थ्य सम्वन्धी कामहरु कत्तिको सफल भएको छ ? काम गर्न असजिलो भएको अवस्थामा सुझाव दिने तथा सहयोग गर्ने काम गरिरेको छु । कुन काम कसरी गर्ने भनेर निर्देशिका तयार गरेर पनि स्थानीय तहमा पठाएको छु । धादिङ जिल्लामा १०० हारहारीमा स्वास्थ्य संस्था वन्न वाँकि छ । त्यसमा ४२ स्वास्थ्य संस्था यो वर्षमा वन्दैछ । नीलकण्ठ नगरपालिकामा ५ ठाउँमा सिद्धालेक गाउपालिकामा ४ ठाउँमा यसरी विभिन्न ठाउँमा स्वास्थ्य संस्था वन्नको लागि प्रदेशवाट व्यवस्था भएको छ । त्यसलाई स्थानीय तहसँग समन्वय गरी स्थानीय तहले नै उक्त काम सञ्चालन गर्नु पर्ने हुन्छ । जग्गाको व्यवस्थापन गरी भवन वनाउन स्थानीय तहले नै पहल गर्नुपर्छ ।
    • गर्मीयाममा फैलने गर्मी मौसममा लाग्ने रोगहरु ज्वरो रुघाखोकी, झाडापखाला आउं, हैजा जस्ता महामारी रोगहरु पmैलन सक्छ । महामारी फैलियो भने त्यसलाई रोकथाम गर्न के के गर्न सकिन्छ ? यहाँहरुको पूर्व तयारी कस्तो छ ?
      सवै स्थानीय तहमा विपद तथा महामारी व्यवस्थापन समिति गठन गरिएको हुन्छ । साथै स्थानीय तहबाट महामारी रोकथामको लागि वजेट छुट्याइएको हुन्छ । आवश्यक मात्रामा औषधीहरु उपलब्ध गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाको माध्यमवाट कुन रोग लाग्दा कसरी सचेत हुने भनेर जनचेतनामूलक जानकारीहरु दिने गरिएको छ । महामारी आइहाल्यो भने पनि हामी तयारि अवस्थामा वसेका छौँ ।
    • बजारमा भेटिने बेमौसमी तरकारीहरुमा अत्याधिक रुपमा विषदीहरुको प्रयोग गरिएको हुन्छ । यसले पनि आम नागरिकको स्वास्थ्यमा असर पर्न जान्छ । यसको नियमन कसले गर्छ ?
      यो आम नागरिकको चासोको विषय हो । यसको क्षेत्राधिकार कृषि हो । स्थानीय तहमा स्वास्थ्य केन्द्र भने जस्तै कृषिको पनि केन्द्र छ । यसै संस्थाले नियमन गर्छ । एकै चोटी विषादी मुक्त तरकारी उत्पादन गर्न सकिदैन तर विस्तारै कम गर्न सकिन्छ । तरकारी किनेर खानेलाई भन्दा तरकारी उत्पादन गर्ने कृषकको स्वास्थ्यमा असर पर्न जान्छ । त्यसैले म के भन्न चाहन्छु भने तरकारी उत्पादन गर्दा विषादीको प्रयोग नगरी प्राङ्गारिक मलको प्रयोग गरी तरकारी उत्पादन गर्नु पर्छ ।
    • अब अन्त्यमा स्वास्थ्य कार्यालयलाई अगाडि बढाउन के कस्तो कामहरु गर्ने योजनामा हुनुहुन्छ ?
      प्रदेश सरकार सामाजिक मन्त्रालयबाट जे जति कार्यक्रमहरु आएको छ त्यसलाई कार्यान्वयन गर्ने क्रममा १३ ओटा स्थानीय तहका स्वास्थ्यका साथीहरुसँग समन्वय गरेर आवश्यकता अनुसार माथिल्लो निकाय, संघ, स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने, आवश्यकता अनुसार माग गर्ने र स्थानीय तहमा वितरण गर्ने, स्थानीय तहका जनप्रतिनिधि सम्वन्धित संस्थाका प्रमुखहरुसँग सहकार्य र समन्वय गरी सम्पादन गर्नु पर्ने कामहरु कार्यान्वयन गर्ने योजना वनाएको छु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑