धादिङ २५ बैशाख
१५६ औँ विश्व रेडक्रस दिवसको अवसरमा सुनगाभा एकेडेमी सुनगाभा जुनियर रेडक्रस सर्कलको सक्रियतामा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सदस्य नारायण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाका कोषाध्यक्ष किरण कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
भैपरी आउने विपद न्युनीकरणमा गरेको सहयोग, प्राथमिक उपचार र रक्तसञ्चारका क्षेत्रमा रेडक्रसले गरेका गतिविधिहरुको बारेमा प्रमुख अतिथि श्रेष्ठले जानकारी गराउनु भएको थियो । अबका दिनमा विद्यार्थीहरुलाई सामाजिक सेवामा लगनशील बनाउँदै लगिनुका साथै किताबी ज्ञानको अलाबा व्यवहारिक ज्ञान पनि प्रदान गर्ने बाटोतर्फ सुनगाभा एकेडेमी अगाडि बढेको विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले बताउनु भयो ।
विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गर्ने र दुःखमा परेकालाई सहयोग गर्न यस्ता खाले कार्यक्रमले टेवा पु¥याउने विद्यालयका सहायक प्रधानाध्यापक गोर्कण अधिकारीको भनाइ रहेको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस