धादिङ २५ बैशाख
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयले बुधबार स्वास्थ्य सम्बन्धी विविध सामग्रीको प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयका अध्यक्ष हरि कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, जिल्ला सदस्य नारायण कुमार श्रेष्ठ, नीलकण्ठ उपशाखाका सभापति गोविन्द बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रि प्रसाद दाहाल, विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आफूले तयार पारेका विभिन्न स्वास्थ्य सम्बन्धी सामग्रीहरुको प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस