गोरखा ०१ फागुन
कृष्ण बहादुर लामिछाने
भिमसेन थापा गाउँ पालिका वडा नं. ८ घाटबेसी गोरखामा थोपा सिञ्चाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भिमसेन थापा गाउँ पालिका वडा नं. ८ र उद्यमशील साना किसान सहकारी संस्था लिमिटेड पिपलटारको सहकार्यमा थोपा सिञ्चाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कृषि प्राबिधिक कृष्ण कुमारी अधिकारीले पानीको स्रोत कम भएको ठाउँहरुमा थोपा सिञ्चाईबाट कसरी तरकारी खेती गर्ने, बढी उत्पादन गर्ने भनि फिल्डमा नै प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ३० जना किसानहरुको सहभागिता रहेको कार्यपालिका सदस्य सरिता भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस