धादिङ २८ माघ
०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले क्षति ग्रस्त बनाएका नीजि आवासहरुकोे पुनर्निर्माणको काम ८ प्रतिशत सम्पन्न भएको राषर््िट्रय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यबस्थापन तथा स्थानीय पुर्वाधार धादिङका प्रमुख जयराम श्रेष्ठले बताउनु भएको छ । धादिङ जिल्लामा ८३ हजार २५ जना लाभग्राही कायम मध्ये ९५ प्रतिशतले पहिलो किस्ता लिइसकेको श्रेष्ठले बताउनु भयो । धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा निजी आवास पुनर्निर्माण कार्य ८ प्रतिशत सम्पन्न भएको छ भने बाँकी पुन निर्माणको क्रममा रहेका छन् । धादिङ जिल्लामा कुल लाभग्राही ३ हजार २५ रहेकामा ७ हजार ९ सय ९ जना अर्थात ९५ प्रतिशत लाभग्राहीले पहिलो किस्ता रकम बुझेका छन् । यस्तै दोस्रो किस्ता लिने तर्फ ६९ हजार २ सय ९९ अर्थात ८४ प्रतिशत र तेस्रो किस्ता लिने ६१ हजार ३ सय ९० अर्थात ७४ प्रतिशत रहेको छ । कतिपय लाभग्राहीको आफ्नो नाममा जग्गा नभएको, कतिपयको नागरिकता नभएको जस्ता समस्या देखिएकाले अनुदान सम्झौता गर्न समस्या भएको श्रेष्ठले बताउनु भयो । सम्झौता गर्न बाँकी ५ प्रतिशत लाभग्राहीहरुको हकमा लाभग्राही सूचिबाट हटाउने वा लाभग्राही कायम गर्ने निर्णय हुन बाकी रहेको छ । यस्तै श्रेष्ठले धादिङको भ¥र्याङभुरुङदेखि सेमजोङसम्म जाने २१ किलोमिटरको बाटो ०७७ असारभित्रमा सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ । यस्तै साङ्कोष तिप्लिङ सडकखण्ड अन्तरगत पर्ने लपाङफेदीमा निर्माण हुँदै गरेको पक्की पुल पनि ०७७ असार मसान्तभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भूकम्पका लाभग्राहीहरुमध्ये दोस्रो र तेस्रो किस्ता लिन बाँकी रहेका लाभग्राहीहरुले सुरक्षित आवास निर्माण गरेर रकम बुझ्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस