धादिङ २० माघ
कपिल जम्कट्टेल
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ सुनगाभा एकेडेमी धादिङबेसीमा सोमबारबाट खेलकुद सप्ताह सुरु भएको छ । यही माघ २४ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहको कक्षा १० का छात्रहरु र शिक्षकहरुको मैत्रीपूर्ण भलिबल खेलमार्फत उद्घाटन गरिएको हो । साताव्यापी खेलकुद सप्ताह सफलताको शुभकामना दिदै विद्यालयका प्रबन्ध निर्देशक रामहरि अधिकारीले स्वस्थ शरीरले मात्रै स्वस्थ समाजको निर्माण गर्न सक्ने हुनाले स्वास्थ्यका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउनु भयो ।
यस्तै विद्यालयका सहायक प्रधानाध्यापक गोर्कण अधिकारीले खेलकदु सप्ताहभरी कस्ता कस्ता खेलहरु खेलिन्छन् सो को जानकारी गराउनु भएको थियो । यस्तै विद्यालयको अतिरिक्त कृयाकलाप सदस्य शिक्षक अनुप भट्टले समेत खेलकुद सप्ताह सफलताको शुभकामना दिनुभएको थियो । खेलकुद सप्ताहमा स्किपिङ, रिले दौड, टग अफ वार, गणित दौड, खो–खो, टेबल टेनिस, चेस लगायतका ३० भन्दा बढी खेलहरु समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस