कृष्ण बहादुर लामिछाने
गोरखा १३ माघ
आरुघाट गाउँ पालिका गोरखाको मध्यावधी समीक्षा एवं भावि रणनीति तथा कार्यक्रम आरुघाट गाउँ पालिका वडा नं. १० मङ्गलटारस्थित कभर्डहलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै मध्यावधी समीक्षा गर्नु अनुकरणीय काम भएको तर पञ्चवर्षीय योजना तयार पारेर त्यसको समीक्षा गरेर मात्र औचित्यपूर्ण भएकाले गाउँ पालिकाले योजनाको प्राथमिकीकरण गर्नुपर्ने बताउनु भयो । मुख्यमन्त्री गुरुङले गरिबी निवारणका लागि के योजना छ ? प्रस्तुत हुनुपर्ने, बताउदै नेतृत्वले सपना देखेन भने परिवर्तन हुदैन, पुरानो मानसिकता शैलीबाट विकास हुदैन, योजनाबिनाको विकास औचित्य छैन भन्नुभयो । यस्तै तिनै तहका सरकारहरु एउटै डुङ्गामा रहेकाले सबै मिलेर एकतर्फ फर्किए मात्र सम्बृद्ध नेपाल बन्न सक्दछ भन्दै पारदर्शी भएर काम गर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री माननीय राम शरण वस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै समीक्षा गरिनुपर्छ जनताको जीवनस्तरमा परिवर्तन भयो कि भएन मुल्याङ्कन गर्नुहोला । स्थानीय सरकार र प्रदेश सरकारबीच सहकार्य भइरहेको बताउनु भयो ।
आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको अध्यक्षता रहेको मध्यावधी समीक्षा एवं भावी रणनीति कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सांसद मन कुमारी गुरुङ नेकपा गोरखा जिल्ला सचिव प्रेम गुरुङ, नेपाली काङ्ग्रेस गोरखा जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, धार्चे गाउँ पालिकाका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला समन्वय समिति गोरखाका उपाध्यक्ष जानुका अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आरुघाट गाउँ पालिकाका वडा अध्यक्षहरु, कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस