धादिङ बैशाख २०
जीवन कुमार रोक्का
गणित बिषयलाई कसरी सहज तरिकाले सिकाउन सकिन्छ र गणित विषय प्रति बिद्यार्थीहरु लाई चाख बढाइ कसरी प्रेरित गराउन सकिन्छ भन्ने उद्देश्यले चन्द्रोदय माध्यमिक विद्यालय विशालटार धादिङमा शुक्रबारबाट गणित विषय शिक्षकहरुका लागि २ दिने गोष्ठी सुरु भएको छ । चन्द्रोदय माध्यमिक विद्यालय, विद्यार्थी शैक्षिक मन्च र गणित शिक्षा परिषदको सामुहिक आयोजनामा भएको कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिल अधिकारीको सभापतित्व, नेपाल गणित शिक्षा परिषद्का महासचिव तथा पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीको प्रमुख आतिथ्यता र नेपाल गणित शिक्षा परिषद्कै आजिवन सदस्य बासु अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
करिब ३५ जना सहभागी रहेको कार्यक्रममा गणित विषय अध्यापनका क्रममा के कस्ता चुनौतीहरु देखिएका छन् र ती चुनौतीहरुलाई विद्यार्थी केन्द्रित वातावरणमा कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । चुनौतीहरु माथि छलफल गरी गणित बिषयलाई कसरी सहज तरिकाले सिकाउन सकिन्छ र गणित विषयप्रति बिद्यार्थीहरुलाई चाख बढाइ कसरी प्रेरित गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो ।
प्रतिक्रिया दिनुहोस