धादिङ/वैशाख २०
फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिदै गएको छ । फानीकै कारण राजधानी लगायत देश देशभर हावाहुरी चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले विज्ञप्ती जारी गर्दै सचेत गराएको छ । विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउन आग्रह गरिएको छ । फानीकै कारण आज र भोलि आन्तरिक उडान सबै बन्द भएका छन् । फानी भारतको पूर्वी तटतर्फ अघि बढेको मौसमविदहरुले बताएका छन् । यसबाट हुने क्षति कमगर्न प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको आन्द्रप्रदेश र तामिलनाडुमा उच्च सर्तकता अपनाइएको छ । यो आँधीबाट आठ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । समुन्द्री आँधी हाल बंगलादेशको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको मौसमविदहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस