धादिङ बैशाख १९
दलगत स्वार्थ, पारिवारिक सम्बन्ध त्यागेर न्यायिक समितिले काम गर्नुपर्ने जिल्ला अदालत धादिङका न्यायाधिष प्रकाश ढुङ्गानाले बताउनु भएको छ । हाम्रो विवाद हाम्रै समाधान मेलमिलाप भन्ने नाराका साथ गङ्गाजमुना गाउँ पालिका धादिङले यही बैशाख १३ गतेबाट सुरु गरेको आधारभूत मेलमिलाप प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै न्यायाधिष ढुङ्गानाले यस्तो बताउुनभएको हो । स्थानीय तहमा गठित न्यायिक समितिमा रहेर काम गर्दा जटिलता आउने हुँदा धैर्यताका साथ काम गर्नुपर्ने र पीडितलाई न्याय दिने काम न्यायिक समतिले गर्नुपर्ने पनि बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारीले स्थानीय तहमा आएका मुद्धा मामिलालाई मेलमिलाप गराउने भूमिका सहजकर्ताको भएकाले तटस्थ भएर न्यायपूर्ण तरिकाले काम गर्नुपर्ने बताउनु भयो । गङ्गा जमुना गाउँ पालिकाले आयोजना गरेको उक्त आधारभूत मेलमिलाप प्रशिक्षण कार्यक्रम कार्यक्रम गाउँ पालिकाका अध्यक्ष बल बहादुर अधिकारीको सभापतित्व, जिल्ला अदालत धादिङका न्यायाधिष प्रकाश ढुङ्गानाको प्रमुख आतिथ्यता र नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । ७ दिनसम्म चलेको प्रशिक्षणमा अधिवक्ता रामकृष्ण अधिकारी र सानुबाबु तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । तालिममा गङ्गा जमुना गाउँ पालिकाका सबै वडाका वडा अध्यक्ष सहित ४÷४ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस