धुनिबेसि धादिङ १८ बैशाख
प्रयास नेपाल धादिङले १३० औं अन्तराष्टिय श्रमिक मजदुर दिवसको अवसर पारेर विभिन्न स्थानमा पम्लेट तथा ब्यानर सहित जनचेतनामुलक ¥याली गरेको छ । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी ईँटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट ईँटा उद्योग र गजुरी ५ मा रहेको राजधानी ईँटा उद्योग आसपासमा ¥यालीको आयोजना गरिएको छ । संस्थाले ईच्छा बिरुद्ध काम ,बधुवा मजदुर राख्न नपाईने, ८ घण्टा काम, सामाजिक सुरक्षा लगायत श्रमिकको र श्रमको सम्मान, कामदार मैत्री उद्योगी, उद्योगी मैत्री काम कार्य सम्पादन , कामदारको सुरक्षा तथा नियमित स्वास्थ्य परिक्षण जस्ता बिषयमा उद्योगी र कामदारहरुबिच सुमधुर सम्बन्ध विकासमा सहजीकरण र बालबालिकालाई ईट्टा उद्योगमा कामको सट्टामा बिद्यालय शिक्षाको बिषयमा पैरवी र सहयोग गर्दै आएको छ ।
१४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई विद्यालय पठाऔँ, चर्पिमा मात्र दिसा पिसाव गरौँ, साबुन पानीले हात धोऔँ ,श्रमिक र श्रमको सम्मान गरौँ लगायतका पम्लेट बोकेर ¥यालीमा उद्योगका मजदुर, उद्योगी, कामदार समिती, गुनासो सुनुवाई समितीका व्यक्तिहरु सहभागी भएका थिए । ग्लोबल फेयरनेसको सहयोगमा बेटर ब्रिक परियोजना अन्तर्गत ¥यालीको आयोजना गरिएको परियोजनाका संयोजक प्रदिप श्रेष्ठले बताए । बुधबार तिनवटै उद्योग आसपासमा भएको ¥यालीमा ४ सय ५० जना भन्दा बढिको सहभागीता रहेको प्रयास नेपाल धादिङका सामाजिक परिचालक कवि थापामगरले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस