धादिङ बैशाख १८
दैनिक मजदुरी गर्दै आएका नीलकण्ठ नगरपालिका १२ का जगत बहादुर नेपाली एनिमियाका कारण जिल्ला अस्पतालमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै नै कमजोर भएका नेपालीलाई रगतको सहयोग रेडक्रस धादिङले गर्दे आएको र बुधबार १३० औँ मजदुर दिवसको अवसरमा क्युपेक धादिङले पनि नगद रु ५ हजार ८ सय १५ सहयोग गरेको छ । क्युपेक धादिङका अध्यक्ष हेम बहादुर श्रेष्ठले क्युपेक धादिङमा आबद्ध मजदुरहरुबाट सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका हुन् । साथै सबै सहयोगी मनहरुलाई सहयोगका लागि बिरामीका आफन्तले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस