धादिङ २३ पौष
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । आइतवारदेखि शुरू भएको बैठक मंगलबार सकिएको हो ।
मंगलबारको बैठकमा नेता जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गर्नुभएको छ । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गर्नुभएको छ ।
यस्तै समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठक एकताको र श्रमिकका निम्ति विजयको बैठक बनेको दाबी गर्नुभयो । उहाँले अब माओवादीका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिने, विकृतिमा नलाग्ने र पार्टीलाई नागरिक माझ पुनः लोकप्रिय बनाउन लाग्ने बताउनुभयो ।
यस्तै केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस