धादिङ १७ पौष
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखी सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्र अघि धादिङबेसी स्थित पुछारबजारबाट ¥याली निकालिएको थियो ।प्रतियोगिताको पहिलो दिन बुधबार छात्र/छात्राको भलिबल,कबड्डी,रिले दौड सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीमप्रसाद ढुंगानाले नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । खेल क्षेत्रको विकासको लागि नगरपालिकाले विगतमा विभिन्न प्रतियोगिता सन्चालन गरीरहेको भन्दै उहाँले यसबर्ष पनि भलिबल,फुटबल,फुटसल,व्याडमिन्टन लगायतको प्रतियोगिता सन्चालन गर्ने बताउनुभयो ।
जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण पदक बिजेताहरुलाई नगरपालिकाले प्रति स्वर्ण पदक बराबर दूई हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । जिल्ला,प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा सहभागी हुने नीलकण्ठ नगरपालिकाका खेलाडीहरुको खर्च नगरपालिकाले व्यहोर्ने समेत बताउनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप–प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले खेलकुदको क्षेत्रमा काम गरीरहेको बताउनुभयो ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,वडा अध्यक्षहरु,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सचिव सन्तोषराज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
बुधबारदेखी सुरु भएको प्रतियोगिता २० गते सम्म सन्चालन हुने छ । नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको खेलहरु जिल्ला स्थित ४ स्थानमा खेलाईने छ । बुधबार समुह चरणको खेलहरु सुरु भएको छन् । बाँकि खेल बिहिबार बिहानबाट खेलाईने छ ।
प्रतिक्रिया दिनुहोस