धादिङ १२ पौष
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ महभिरमा रहेको कालिका आधारभूत विद्यालयको ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिको शान्ति राई थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश पूर्व सांसद जगत सिंम्खडाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरी गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंम्खडा, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, कार्यपालिका सदस्य, वडा नम्बर ५ का सम्पूर्ण विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयकोे नवनिर्मित एक कोठे भवन समुद्धघाटन गरिएको छ ।
त्यस्तै गरी वडा शिक्षा समिति गङ्गाजमुना ५ को आयोजनामा श्रुतिलेखन प्रतियोगिता समेत गरिएको छ । कक्षा १ ३ प्रथम विवेक नेपाली (मण्डली मा वि), द्वित्तीय दिविसा गुरुङ (सरस्वती आ.वि)मजुवा, तृतीय कमन राना मगर र सान्त्वना शिव बुढाथोकी (गङ्गाजमुना एकेडेमी) कक्षा ४ ५ छात्रतर्फ प्रथम बिनोद गुरुङ (सरस्वति आ.वि) द्वितीय रेशम घले (हिलेपोखरी आ.वि) तृतीय रोविन गुरुङ (ढाडखर्क आ.वि) कक्षा ४ ५ छात्रातर्फबाट प्रथम सम्झना गुरुङ (सरस्वती आ वि) द्वितीय अनुस्का नेपाल (मण्डली मा वि) द्वितीय सृष्टि परियार (अन्नपूर्ण आ वि) तृतीय सिमा गुरुङ (हिलेपोखरी आ वि) सान्त्वना सोविता गुरुङ (सुन्दर आ वि) सम्पूर्ण विजयी बालबलिकाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस