धादिङ ११ पौष
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ मा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता विहिबारबाट सुरु भएको छ ।
गङ्गाजमुना गाउँपालिकाको आयोजना र वडा नं. ३ को साझेदारीमा भएको प्रतियोगितामा ११ वटा टिमको सहभागीता रहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले रेडियो बिहानीलाई बताउनुभयो ।
सहभागी टिमको ए पोलमा ढाँडखर्क युवाक्लव, पाटा मेन्दो युवाक्लव, दाङसिङ युवाक्लव, कुतालबेशी युवाक्लव, सादन युवाक्लव र आयोजक टिम बि रहेको छ भने बि पोलमा पर्युखर्क युवाक्लव, आयोजक टिम ए, री स्कुल, चिम्चोक ए र चिम्चोक बि रहेका छन् ।
गुम्दी पोखरा खेतमा सञ्चालन भएको उक्त प्रतियोगिताको पुरस्कार प्रथमले ५५ हजार ५५५, दोस्रोले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विहिबार पहिलो दिन दाङसिङ युवाक्लव र कुतालबेशी युवाक्लव बिच प्रतिस्पर्धा भएको थियो । भलिबल समापनको दिन अर्थात पन्ध्र पुसको दिन गोरू जुधाई प्रतियोगिता, आमा समुहको डोरी तान्ने खेल, भाले चरी र विष्कुट खाने खेलहरु समेतहुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस