धादिङ ११ पौष
धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा माओवादी केन्द्र सिद्धलेकको तेस्रो अधिवेशन तथा खबरदारी सभा हुने भएको छ ।
धादिङ जिल्लाको प्रमुख सहिद नारायण प्रसाद उपाध्याय (दिपक) को २६ औँ स्मृति तथा खबरदारी सभा हुने भएको हो ।
पौष १३ गते सिद्धलेकको बुङचुङ बजारमा सम्पन्न हुने सभामा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने गाउँपार्टी कमिटि अध्यक्ष पुष्पराज थपलियाले जानकारी दिनुभयो ।
साथै नेकपा माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटीका आयोजनामा हुने कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति रहने भएकाले सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस