धादिङ ८ पौष
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा पालिका स्तरिय अन्तर माध्यमिक विद्यालय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिकाका अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यता र उपाध्यक्ष रामेश्वर सिंखडाको विशेष आतिथ्यता र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएको महिला तथा बालबालिका शाखा प्रमुख प्रमिला भट्टले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको पालिका स्तरिय अन्तर माध्यमिक विद्यालय शैक्षिक प्रदर्शनीमा पासाङचोक महादेव माध्यमिक विद्यालय प्रथम भएको छ ।
त्यस्तै मण्डली माध्यमिक विद्यालय द्वितिय, महाकाली माध्यमिक विद्यालय तृतीय र तामाङ खर्क माध्यमिक विद्यालय सान्त्वना भएका थिए ।
सम्पुर्ण विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार स्वरुप स्टेशनरी वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस