धादिङ १३ मंसिर
नेकपा (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले मंसिर २८ गते भ्रष्टाचार र वेथिति विरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धादिङ जिल्ला ईन्चार्ज संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा आज बसेको नगर अधिवेश तयारी बैठकले २८ गते नगर कार्यसमिति घोषण सभा तथा भ्रष्टाचार र वेथिति विरुद्ध सभा आयोजना गर्ने निर्णय गरेको जिल्ला संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो ।
भ्रष्टाचार र वेथिति विरुद्धको सभा नीलकण्ठमा नभई जिल्लाका सबै पालिका सम्मेलनको दिन हुनेछ। धादिङ क्षेत्र नं. १ को धुनीबेसी नगरपालिकामा मंसिर १८ गते,बेनीघाट रोराङमा २२ गते,गल्छीमा २४ गते,गजुरीमा २८ गते, सिद्वलेकमा २९ गते थाक्रेमा ३० गते हुने भण्डारीले बताउनुभयो । त्यस्तै धादिङ क्षेत्र नं. २ को रुबिभ्यालीमा मंसिर २१ गते, खनियावासमा २३ गते, गंगाजमुनामा २८ गते, त्रिपुरासुन्दरीमा २५ गत,नेत्रावतीमा २७ गते, नीलकण्ठमा २८ गते,ज्वालामुखीमा ३० गते हुनेछ ।
पालिका सम्मेलनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्र र प्रदेशका सबै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस