धादिङ मङ्सिर १८
पछिल्लो समयमा गित सङ्गीतको परिधी धेरै फराकिलो भैसकेको देखिन्छ । धेरै बाल कलाकारहरु गीत सङ्गीतका माध्यमबाट भाइरल हुने क्रममा धादिङ ससाहकी नव प्रतिभावान् ११ वर्षीय बाल कलाकार सपना तामाङले तामाङ गाउको बर्णन गरिएको आफ्नो पहिलो प्रस्तुति नम्सा छुपला म्हेन्दोमाया गीत बजारमा ल्याएकी छिन् । मान्छे सानै तर नाच्न गाउन अनि हास्याकलाकारहरुको कपि गर्न सक्ने क्षमता बोकेकी सपना तामाङ उत्तरी धादिङको खनियाबास १ झार्लाङकी स्थायी बान्दिा भएता पनि भूकम्प पछि बसाइ सरेर ससाह बस्दै आइरहेकी छिन् । बिद्यालयका कार्यक्रमहरुमा सक्रियातापूर्वक भाग लिदै आएकी सपना मेलिना राइको फ्यान हुन् । आफ्नो पहिलो गीति एल्बम बजारमा ल्याउन पाउँदा धेरै खुसी भएको बताउने सपना त्यसै अनुरुप आफ्नो बुबा आमाले पनि छोरीलाई सानै उमेर नभनी छोरीको इच्छा अनि चाहना पूरा गरिदिएको बताउँछिन् । कक्षा ५ मा देउराली माध्यमिक विद्यालय ससाहमा अध्ययन गर्दै आइरहेकी सपना गीत सङ्गीत नै मेरो लक्ष्य हो भनि लागेको बताउँछिन् । गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङको साथ लिदै यो क्षेत्रमा पाइला चलाएको बताउछन रेडियो सुन्ने रेडियोमा आएका कार्यक्रमहरुमा फोन गरेर गीत सुनाउने सपनाले सन्दिप स्याम्चेनको शब्द सङ्गीत अनि स्वरमा रहेको गीत बजारमा ल्याएकी हुन् । गीतको मोडल बिमला लामा, सन्दिप स्याम्चेन र सपना तामाङ स्वयं रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस