धादिङ ०२ मंसिर
नेकपा माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितीको वैठक सम्पन्न भएको छ ।
आईतबार सदरमुकाम धादिङवेशीमा सम्पन्न वैठकबाट पार्टी केन्द्रले गरिएको निर्णय सर्कुलर अनुसार जिल्लाको संगठन निर्माण अभियानलाई निरन्तरता दिने, जनमुखी कार्यहरुको अभियान सञ्चालन गर्ने, वर्तमान सरकारले सञ्चालन गर्दै आएको जनविरोधी कार्यहरुको विरुद्धमा खबरदारीसभा आयोजना गर्नुका साथै पार्टीको पालिका सम्मेलन तयारी अभियानबारे निर्णय भएको नेकपा माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितीको संयोजक तथा केन्द्रिय सदस्य राम बहादुर भण्डारीले रेडियो बिहानीलाई बताउनुभयो ।
नेकपा माओवादी केन्द्र पार्टी हिजो पनि जनताको साथमा थियो र आज पनि छ भविष्यमा पनि जनता र राष्ट्रको पक्षमा देशको अब्बल दर्जामा आफुलाई स्थापित गराई काम गरिरहने छ–संयोजक भण्डारीले भन्नुभयो ।
नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा केन्द्रिय सल्हाकार वेद नीधी अधिकारी, केन्द्रिय सदस्य शंकर अधिकारी,बागमती प्रदेश समिती सह सचिव दल बहादुर बुर्लाकोटी, प्रदेश सचवलय सदस्य,प्रदेश सदस्य, जिल्ला समन्वय समिती, पालिका पद्धाधिकारीको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस