धादिङ १२ असोज
उत्तरी धादिङको खनियाबास गाउँपालिकामा कृषि हाट बजार उद्घाटन भएको छ ।
शनिबार वडा नम्बर ३ स्थितको तल्लो बृचेत(नेपाल चोक)मा एक भब्य कार्यक्रमको आयोजना गरि विभिन्न कृषक समुहहरुबाट उत्पादित तरकारीहरुको प्रदर्शन गरि बिधिगत रुपमा कृषि हाट बजारको उद्घाटन गरिएको हो ।
वडा नम्बर ३ का वडा अध्यक्ष कमान सिंह तामाङ र वडा नम्बर ५ का वडा अध्यक्ष रबिन कुमार तामाङको सभाध्यक्षमा उद्घाटन गरिएको हो ।
वडा नम्बर ३ स्थितका हरियाली कृषक समुह, प्रगतिशील आमा समुहले उपादन गरेको टमाटर, तितेकरेला, फर्सी, खुर्सानी, बन्दागोबी, लत्ताकपडा लगायतको सामग्री उक्त हाट बजारमा राखिएको थियो ।
उक्त हाटबजार प्रत्येक हप्ताको शनिबार संचालन हुने र गाउँ पालिकाले यसलाई एउटा उत्सवको रूपमा मनाउदै लैजाने वडा नम्बर ५ का वडा अध्यक्ष रबिन कुमार तामाङले बताउनुभयो ।
स्थानीय स्तरमै उत्पादन हुने अर्गानिक कृषि सामग्रीलाई हाट बजार मार्फत बिक्रीवितरण गरि स्थानीय अर्थतन्त्रको आधार निर्माण गरि स्वरोजगार जनता समृद्ध खनियाबास निर्माणमा अबको यात्रा रहने खानियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले बताउनुभयो ।
उक्त हाटबजार उद्घाटन कार्यक्रममा विभिन्न कृषक समुहका कृषकहरु,जनप्रतिनिधि , कर्माचारी,स्थानीय जनता, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस