धादिङ ४ असोज
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ पासाङचोक महादेव माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको वार्षिक कार्यपात्रोमा रहेको शुक्रबारे कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । विद्यालयको प्रद्यानाध्यापक शिर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त वक्तृत्वकला प्रतियोगितामा आत्महत्या रोकथाम संवाद सुरु गरौ दृष्टिकोण बदलौ भन्ने शिर्षकमा ९ जना विद्यार्थीहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्र सूर्य तामाङले प्रथम स्थान, कक्षा १० मा अध्ययनरत छात्र पलसिंङ तामाङले द्धितिय स्थान र कक्षा ८ मा अध्ययनरत छात्रा निता तामाङले तृतिय स्थान हासिल गरेका छन ।
कार्यक्रममा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।
धादिङ जिल्लामा आत्महत्याको दर बढ्दो रहेकाले त्यसैलाई मध्यनजर गदैं जनचेतनामूलक कार्यक्रम गरेको विद्यालयको प्रद्यानाध्यापक शिर बहादुर तामाङले बताउनुभयो ।
अहिले मानिसको गलत सोचाई, गलत निर्णयले ज्यान गइरहेकाले त्यसको रोकथाम गर्न जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक र जनसमुदाय सबै सचेत भई सक्रिय रुपमा अगाडी बढ्नुपर्ने प्रद्यानाध्यापक तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस