धादिङ ३ असोज
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धादिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार जिल्ला समन्वय समिति संविधान दिवस २०८१ मूल समारोह समिति धादिङको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा महिला ८ जना र पुरुष १० जना गरि जम्मा १८ जनाले रक्तदान गरेको छ ।
रक्तदान कार्यक्रम पूर्व दिवसको अवसरमा धादिङबेशीमा पनि बृहत प्रभात फेरी निकालिएको थियो । दिवसको मूल समारोह समिति, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा बृहत प्रभातफेरी निकालिएको हो ।
धादिङबेशी पुछारबजारबाट नेवार समुदायको मौलिक बाजा धिमे बाजा र पञ्चे बाजाको साथमा निकालेको प्रभात फेरी जिल्ला समन्वय समितिको हलमा लगेर सम्पन्न गरिएको थियो । समन्वय समितिमा विविध सांस्कृतिक कार्यक्रमको साथमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस