धादिङ १६ भाद्र
प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ १४ धुँवाकोटको १७ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन साथै संस्थाको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कमला तामाङको अध्यक्षता र नीलकण्ठ १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभतारा सानाकिसान सहकारी संस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठ, धुँवाकोट बहुउद्देश्यीय सहकारीका ईन्द्र प्रसाद दाहाल, देवराज आचार्य, कृष्ण प्रसाद श्रेष्ठ, खड्ग बहादुर तामाङ घनश्याम श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्य्ता रहेको थियो ।
संस्थाको नवनिर्मित भवन उद्घाटन गर्नु हुदै प्रमुख अतिथि नवराज दुवाडीले सहकारीको मुल्य मान्यता मर्म भावनालाई आत्मसाथ गर्दै सदस्यका आर्थिक र आयआर्जनमा टेवापुर्याउने उद्देश्यका साथ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाले आफ्नै जग्गामा नीलकण्ठ नगरपालिका वडा न १४ को करिब बाह्र लाख र संस्थाको साढे दुइलाख लागानीमा कुल १४ लाख पचास हजार लगानीमा भवन निर्माण सम्पन्न गरेको हो ।
संस्थाको १७ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पुन : कमला तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन् । जसको उपाध्यक्षमा जानुका घिमिरे, कोषाध्यक्षमा बिमला तामाङ, सचिवमा लक्ष्मी गुरुङ तामाङ, सह सचिवमा प्रमिला गुरुङ चयन हुनुभएको छ । त्यसैगरि सदस्यरुमा शान्ति अधिकारी, गिता लामिछाने, बिमला नेपाली, बिना गुरुङ, बिरीमाया तामाङ, दिलमाया गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै सल्लाहकार समितिमा अम्बिका घिमिरे, लेखा समिति संयोजकमा रोशनी गुरुङ, सदस्य संगिता श्रेष्ठ, सदस्य सोमति माया तामाङ चयन हुनु भएको छ भने ऋण समिति संयोजक शान्ति अधिकारी र सदस्यमा राधिका नेपाल चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस