धादिङ १५ भाद्र
ने.क.पा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति धादिङको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
अनेरास्ववियू क्रान्तिकारी जिल्ला समितिको आयोजनामा धादिङबेसी क्रिक रिसोर्टमा सम्पन्न उक्त सम्मेलन अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष विनोद आचार्यको सभापतित्व अखिल क्रान्तिकारी केन्द्रिय कमिटि अध्यक्ष पञ्चा सिंङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्ल, बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री शालिकराम जम्मरकटेल, केन्द्रीय सदस्य राम बहादुर भण्डारी, अप्सरा सिंखडा, बागमती प्रदेश कमिटीका सह सचिव दल बहादुर बुर्लाकोटी जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव दिपक लामिछाने लगायत विद्यार्थी संगठनका प्रदेश तथा केन्द्रीय स्तरका विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो । सम्मेलनबाट श्रीकृष्ण रिजाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ ।
नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह–सचिवहरुमा दिपेश कार्की, सपना दाहाल, अनिता विक, र कोषाध्यक्षमा भावना लगायतको ५५ सदस्यीय जिल्ला कमिटी रहने गरी निर्वाचित भएको छ । उक्त सम्मेलनमा प्रमुख अतिथी र विशिष्ट अतिथीहरुले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा धादिङ जिल्लाको १३ वटा स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधी, कार्यकर्ता, भातृसंगठन तथा युवा विद्यार्थी नेताहरुको भव्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस