धादिङ १९ श्रावाण
धादिङमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
शुक्रबार धादिङवेशीमा एक भव्य कार्यक्रमको आयोजना गरि राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्ष गणेश कुमार श्रेष्ठको सभाध्यक्षता बागमती प्रदेश सरकारको निवर्तमान मुख्य मन्त्री शलिकराम जम्मरकट्ेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
त्यसै गरि नेकपा माओवादी धादिङ जिल्ला संयोजक मनराज भण्डारी (शैलेस),धादिङ जिल्ला खेलकुद समितिका अध्यक्ष प्रताप सिं तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि जम्मरकट्ेलले धादिङ जिल्लाको खेलकुद र कबर्ड हललाई अझै स्तरोन्नती गदैँ अगाडी बढाउने बताउनुभयो ।बागमति प्रदेश सरकारको नेतृत्वमा आफु रहदा विशेष प्राथमिकतासाथ योजना छनौट गरेका स्मरण गर्नुभयो ।–‘म बागमती प्रदेशको निवर्तमान मूख्यमन्त्रीका साथै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले खेल क्षेत्रको प्रवद्र्धन बिकास संगै भौतिक पुर्वाधार लगायत खेलाडिको मनोवल उच्च बनाउने काम गर्नेछु’निवर्तमान मुख्यमन्त्री जमरकटेलले भन्नुभयो ।
त्यस्तै नेकपा माओवादी धादिङ जिल्ला संयोजक मनराज भण्डारीले खेलाडी राष्ट्रको गहना भएकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा देशको नाम राख्ने भएकाले सबै स्थानीय तह,सबै राजनैतिक दल,नागरिक समाज सबैले अत्यन्तै चिन्ता र चासोका साथ बिकास गनै आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणको साथ साथै बालबालिकाको स्वास्थ्य तथा मानसिक क्षमताको ख्याल गदै अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यसै धादिङ जिल्ला खेलकुद समितिका अध्यक्ष प्रताप सिं तामाङले खेलमा एउटाको हार र एउटाको जित हुने भएकाले त्यसमा कसैले पनि रिस राग नराखि आफ्नो क्षमता र प्रतिभालाई प्रस्तुत गरि अनुशासित खेलाडी बन्न खेलप्रेमी खेलाडीलाई आग्रह गर्नुभयो ।
युवा नेता राजन लम्साल ज्वालाले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का वोर्ड सदस्य युवा नेता अमृत तामाङले स्वागत मन्तव्य राखेको थियो । उक्त प्रतियोगितामा जिल्ला विभिन्न विद्यालय संघसंस्थाका खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस