धादिङ २७ जेठ
धादिङको नीलकण्ठ नगरपालिकाद्धारा आर्थिक वर्ष २०८१–८२ को नीती तथा कार्यक्रम उपर सुझाव संकलन गरिएको छ ।
आईतबार नगरपालिकाका कार्यवाहक मेयर दिपक विश्वकर्माको अध्यक्षता प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा आगमी आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रम र बजेट तयारीका लागि सुझाव संकलन सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका भित्र रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, कृषि, यातायात,भौतिक पुर्वाधार, सडक, खेलकुद, सचना तथा सञ्चारको विषयमा सुझाव संकलन भएको थियो ।
त्यसैगरि नगर उपप्रमुख दिपक विश्वकर्माले नागरिकहरुको आवश्यकतामा आधारित बजेट बनाईने भन्दै उहाँले आगामी आर्थिक बर्षमा केहि नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको पनि बताउनुभयो । विगतका आर्थिक वर्षमा नागरिक तथा सरोकारवाला व्यक्तित्वहरुको साझा सुझावलाई संकलन गर्दै निती तथा कार्यक्रम मार्फत बजेट विनियोजन गर्दै आएकोमा यस वर्षपनि सुझावअनुरुप बजेट विनियोजन हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी ,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, नीलकण्ठ नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष प्रकाश श्रेष्ठ लगायत सम्पुर्ण १४ वटै वडाका वडा अध्यक्षहरु विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, एन प्याब्सन तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधीहरु, समाजसेवी एवम् बुद्धिजिवी, विद्यार्थी, नगरबासी,राजनैतिक दलका प्रतिनिधी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपालमा सबै स्थानीय तहहरुले हरेक वर्षको असार १० गतेभित्र नयाँ आर्थिक वर्षको नीती तथा कार्यक्रम बजेट विनियोजन पारित गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस