धादिङ २६ जेठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।
शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि पार्टी केन्द्रिय सल्हाकार बेदनिधी अधिकारीको प्रमुख आतिथ्यता पार्टी केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, बागमती प्रदेश कमिटी सचिवलय सदस्य एवम् नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्मा, माओवादी केन्द्र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज हरि अधिकारी (आशिष),को विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट अनिल अधिकारीको अध्यक्षतामा २३ सदस्ययीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम नेपाली,सचिवमा नवराज श्रेष्ठ,सह–सचिवमा राजन कार्की,कोषाध्यक्षमा लक्ष्मी भुजेल र सचिवालय सदस्यहरुमा बुद्धि पोखरेल र कोपिला गैरे रहेका छन् ।
सम्मेलनले ९ सदस्ययीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राम बहादुर थापा,प्रकाश पोखरेल, कृष्ण प्रसाद कोईराला, राम प्रसाद अधिकारी,पार्वती सिंम्खडा, यम प्रसाद कोईराला,केशर बहादुर श्रेष्ठ,राज कुमार सिंम्खडा र बिष्णु आले रहेका छन् ।
प्रतिक्रिया दिनुहोस