धादिङ १६ जेठ
धादिङको नीलकण्ठ नगरपालिकामा युवासंग उपमेयर करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रम सञ्चालन भईरहेको छ ।
बुधबार नीलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थितको कर्णेश्वर माध्यमिक विद्यालयमा वडा अध्यक्ष गौतमहरि अधिकारीको अध्यक्षता नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सहजीकरण बिकास थापा र सुरज श्रेष्ठले गरिएको थियो ।
कक्षा,१०,११,१२ र ४० बर्ष मुनिका युवाहरुलाई सहभागिता गराई युवाहरुलाई करियर सम्बन्धी परामर्श,आवश्यक सिपमूलक तालिम लगायत सामाजिक बिकास र संबृद्धिमा युवाको नेतृत्व र सहभागीता लगायतका युवा लक्षित युवासंग उपमेयर कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
युवाहरुलाई सामाजिक कर्तव्यहरुमा उत्साहित गराउदै समाज संगै राष्ट्रनिर्माणमा युवाहरुको भुमिका महत्पुर्ण हुनेभएकाले युवाको सहि लक्ष्य सहि गन्तव्य हुनुपर्ने वडा अध्यक्ष गौतमहरि अधिकारीले बताउनुभयो ।
मनोविमर्शकर्ता राम कुमार थापाले सञ्चालन गरिएको उक्त करियर परामर्श,नेतृत्व बिकास तथा युवा सचेतना कार्यक्रममा,नीलकण्ठ नगर कार्यापालिका सदस्य मञ्जु मगर, कर्णेश्वर माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि अधिकारी,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी,अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस