धादिङ १२ जेठ
नेपाल मगर संघको राष्ट्रिय सम्मेलन आजदेखी सुरु भएको छ ।
आज र भोली हुने राष्ट्रिय सम्मेलन सदरमुकामको गोरखा संग्रालय परिषरमा हुन लागेको हो ।
‘आर्थिक समृद्वि र राजनैतिक सशक्तिकरणसहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान १ मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणको पक्षमा २८औं राष्ट्रिय सम्मेलन११’ सहित गोरखामा दोस्रो पटक सम्मेलन हुन लागेको हो । यस अघि संघले ०५३ साल फागुनमा संघले आफ्नो १५औं राष्ट्रिय सम्मेलन बुंकोटमा सम्पन्न गरेको थियो ।
सम्मेलनमा मगरात सभ्यतासहितको समृद्व मगर समाज निर्माण गर्ने संकल्पसंगै प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गराउन राज्यको ध्यानाकर्षण गराउने, संस्कृती नीति र भाषा आयोगले सिफारीस गरे बमोजिम फरक प्रदेशहरुमा भाषाको प्रयोग सम्वन्धी बृहत छलफल हुने केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताउनुभयो ।
सम्मेलनमा करिब ७०० जनाको सहभागिता रहने संघले जनाएको छ । ७ प्रदेश, ८ भातृ संगठन, १५ भन्दा बढी बैदेशिक शाखा र ७७ जिल्लाबाट उक्त संख्यामा सहभागीहरु गोरखा सदरमुकाम आउने छन् । यसले गोरखाको पर्यटनमा समेत टेवा पुग्ने विश्वास मगर संघले लिएको छ ।
सम्मेलन पूर्व आजै बिहान गोरखा सदरमुकामको खेलकुद मैदानबाट कार्यक्रम स्थलसम्म विभिन्न झाँकी सहित र्याली समेतको आयोजना गरिएको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस