धादिङ ४ फाल्गुण
धादिङमा अन्तर्राष्ट्रिय सालक दिवस भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका ३ मा स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
डिभिजन वन कार्यलयको आयोजनामा सालक संरक्षणका लागि एकता भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको वन कार्यलय धादिङका अध्यक्ष कृष्ण बहादुर आचार्यले बताउनुभयो ।
कार्यक्रममा विविन्न विद्यालयहरूले सालक सम्बन्धी जनचेतनामुलक नाटक नृत्यहरू समेत प्रस्तुत गर्नुका साथै वन जंगलको क्षेत्रमा धरै योगदान गर्नुभएको व्यक्ति भुमिरमण नेपालले विगुल फुक्दै सन्देशमुलक गित प्रस्तुत गर्नुभएको थियो ।
सालकको अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्दै आउनु भएका व्यक्ति तुलसी लक्ष्मी सुवालले सालकका बारेमा विशेष जानकारी दिनुभएको थियो भने हाम्रो सालक राम्रो सालक नामक पुस्तक समेत विमोचन गरिएको थियो।
कार्यक्रमममा प्रदेश सांसद गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिमप्रसाद ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नेपाल प्रत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,सालकको अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्दै आउनु भएका व्यक्ति तुलसी लक्ष्मी सुवाल लगायतको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस