धादिङ १९ माघ
न्यू किबो बोर्डिङ स्कुलले विगतको हप्तामा झै यो हप्ताको शुक्रबार पनि बुक फ्रि फ्राइडे विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
प्रि प्राइमरी तर्फ “ब्याक कलर डे सेलिब्रेसन“, प्राइमरी तर्फ “स्पेलिङ कन्टेस्ट“ र सेकेन्डरी तर्फ नेपाली कविता वाचन प्रतियोगीता सञ्चालन गरी शुक्रबारलाइ विशेष बनाएको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनु भयो ।
प्रत्येक सदनबाट तीन तीन समुह गरी चारवटा सदनबाट १२ समुह गरी ६० जना विद्यार्थीले स्पेलिङ कन्टेस्टमा सहभागी जनाएका थिए भने नेपाली कविता वाचन प्रतियोगीतामा चार वटा सदनबाट ३७ जनाले सहभागी जनाएका थिए ।
प्रत्येक शुक्रबार विभीन्न अतिरीक्त कियाकलाप सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिदै आएको कुरा विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस