बुधबार बिहानैदेखि भूकम्पको जाने क्रम जारी छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए । धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प पनि गएको हो । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का धादिङसहित उपत्यकाका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु गएका हुन् ।
प्रतिक्रिया दिनुहोस