धादिङ १५ मंसिर
धादिङका जनप्रतिनिधि तथा कर्मचारीलाई नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आथित्यतामा एक कार्यक्रमको आयोजना गरी उक्त १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोग तथा समन्वयमा नागरिकता सिफारिस लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा एवं घटना दर्ता (पञ्जिकरण) सम्बन्धमा नीलक नगरपालिका अन्तर्गतका वडाध्यक्ष, वडासचिव तथा पञ्जिकरण शाखामा कार्यरत कर्मचारीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
यसबाट सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिमा रहेको द्विविधा, अन्यौलता र अस्पष्टताको अन्त्य भई स्पष्टता, एकरूपता र सहजता हुने अपेक्षा गरिएको प्रमुख अतिथि दिपक विश्वकर्माले बताउनुभयो । कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीबाट सहजीकरण भएको थियो ।
प्रतिक्रिया दिनुहोस