धादिङ २३ असोज
सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को निर्णयले पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।
आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको सरकारका प्रवक्ता रेखाशर्माले जानकारी दिनुभयो ।
गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘सिक्ने कमाउने’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस