धादिङ ७ असोज
धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित न्यु किबो बोर्डिङ स्कूलमा बुक फ्रि फ्राइडे मनाइएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि क्रियाशिल बनाउने हेतुले विद्यालयले प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि फ्राइडे मनाउदै आइरहेको छ ।
विगतमा जसरी नै यस शुक्रबार पनि विद्यालयले शुक्रबार पेपर वर्क र इलेक्ट्रीकल ट्रेनिङ र बत्ती कात्ने कार्यक्रम सम्पन्न गरिएको हो ।
शुक्रवार विद्यालयले pre-primary र primary तर्फ पेपर वर्क र senior तर्फ ( 6-9) का छात्रहरुलाई इलेक्ट्रीकल ट्रेनीङ र छात्राहरूलाई बत्ती काट्ने विधि सिकाएर मनाइएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।
विद्यालयले सैद्धान्तिक, सिकाईलाई मात्र नभई व्यवहारीक र जीवन उपयोगी शिक्षालाई पनि प्राथमिकतामा राख्दै आएको विद्यालयका प्रधानाध्यापक प्रयास रेश्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस