धादिङ २२ भाद्र
निजामती कर्मचारी सेवा दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यलय धादिङको आयोजनामा भव्य कार्यक्रम गरि सो दिवस मनाएको हो । नीलकण्ठ नगरपालिका,डिभिजन वन कार्यलय धादिङ,कर्मचारी मिलन केन्द्र धादिङको सहयोग र समन्वयमा व्यवसायिक र सिर्जनशील प्रशाासन विकास,संमृद्धि र सुशासन भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेशीको पुछार बजारबाट प्रभातफेरी गरी जिल्ला समन्वय समितीको सभाहलमा सम्पन्न गरिएको हो ।
एक साता अघि देखि निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर मैत्रीपुर्ण फुटवल प्रतियोगिता,रक्तदान कार्यक्रम,व्याडमिन्टन प्रतियोगिता,खुल्ला कविता वाचन प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरु संञ्चालन समेत गरिएको थियो । उक्त कार्यक्रमको अवसरमा विजेता प्रतियोगीलाई सम्मान तथा पुरस्कार पनि हस्तान्तरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला भरिका निजामती कर्मचारी,विभिन्न संघसंस्थाका प्रतिनिधी,पत्रकार लगायतको सहभागीता रहेको थियो ।
हरेक बर्ष भाद्र २२ गते निजामती कर्मचारी सेवा दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस