• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 23, Sep, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

सरकार ५२ वर्षपछि नयाँ शिक्षा ऐन ल्याउने तयारीमा

१६ श्रावण २०८०, मंगलवार ०७:४६

रेडियो बिहानी संवाददाता

१६ श्रावन २०८०
२०२८ सालमा तत्कालीन राजा महेन्द्रको पालामा शिक्षा ऐन बनेको थियो । हालसम्म त्यही ऐनले नेपालको शिक्षा संरचना चलिरहेको छ । ५२ वर्षपछि बल्ल नयाँ शिक्षा ऐन ल्याउने तयारीमा सरकार रहेको छ ।
सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको प्रस्तावित ड्राफ्ट मन्त्रिपरिषद् बैठकमा पेश हुँदैछ । सम्भवतः मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्न सक्छ । ऐन ल्याउने तयारीमा रहँदा सरोकारावाला निकाय भने विरोधमा उत्रिन थालेका छन् ।

सार्वजनिक भएको ऐनको मस्यौदा हुबहु पारित भएमा आन्दोलन गर्ने चेतावनी उनीहरूको छ । विशेष गरी राहत शिक्षक, विद्यालय कर्मचारी, शैक्षिक परामर्श व्यवसायीहरूले पत्रकार सम्मेलनै गरेर विरोध गरेका छन् । उनीहरूले मस्यौदाअनुसार नै हुबहु पारित गरेको खण्डमा आन्दोलनको चेतावनी दिएका हुन् । राहत शिक्षकहरूले भने आफ्ना मातहतका निकायहरूलाई जतिबेला पनि काठमाडौं आएर आन्दोलन गर्नुपर्ने हुन सक्ने भन्दै ‘हाई अलर्ट’मा बस्न सर्कुलर जारी गरेका छन् ।

केही दिन अगाडि मात्रै विद्यालय कर्मचारीहरूले सेवा सुरक्षा ग्यारेन्टीको माग राख्दै काठमाडौंमा एक महिना लामो आन्दोलन गरे । र, सरकारसँग सबै मागहरू बन्न लागेको ऐनमा समेट्ने सहमतिपछि आन्दोलन फिर्ता लिएका थिए । तर, उनीहरू पनि ढुक्कले बस्न सकेका छैनन् ।

सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूले समेत आन्दोलनको चेतावनी दिइरहेका छन् । संघीय शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नगरेमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

त्यस्तै, विगतमा आफूहरूसँग गरिएको ५३ बुँदे सहमतिअनुसार ऐनमा समेटिनुपर्ने शिक्षकहरूको अडान छ । नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विगतमा भएका सहमति कार्यान्वयन नभएमा आन्दोलन गर्ने भनेर तयारीमा बसेको बताए । ‘ऐनमा के–के कुरा समेटिएको छ भन्ने जानकारी छैन । हामीले त्यो मस्यौदा पाएका पनि छैनौं ।

राज्यले विगतमा हामीसँग गरेका सहमति कार्यान्वयन गरेर ऐनमा समेटिएन भने आन्दोलन गर्छौ ।’ उनले भने । त्यसका लागि आन्दोलन परिचालन समिति बनाईसकिएको उनको भनाई छ । आन्दोलनमा पठाउने कि नपठाउने भन्ने कुरा सरकारको हातमा रहेको बताए ।

सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूले समेत आन्दोलनको चेतावनी दिइरहेका छन् । संघीय शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नगरेमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

संघीय शिक्षा ऐनको प्रस्तावित मस्यौदा अध्ययन गरिसकेका उनीहरूले माग सम्बोधन नहुने अवस्था आएको भन्दै आन्दोलनको विकल्प नरहेकोमा जोड दिन्छन् । सामुदायिक विद्यालयमा कार्यरत झन्डै चार लाख शिक्षक कर्मचारीहरूको पेसागत सुरक्षा, वृत्ति विकास, पेसाको स्थायित्व, शिक्षाको गुणस्तरलगायत अन्य विविध विषय ऐनमा समावेश हुने नदेखिएको भन्दै उनीहरू सशंकित बनेका छन् ।

शैक्षिक परामर्श पेशा शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिएवापत न्यूनतम शुल्क लिने भएको हुँदा धरौटीको रकम आवश्यक नपर्ने हुँदा मस्यौदाको दफा ६५ उपदफा ५ र ६ खारेजीको माग गरिनुपर्ने माग रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दिपकराज भुसालले बताए ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल विद्यालय कर्मचारी परिषद्, नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, शिक्षक सिकाई अनुदान केन्द्रीय समिति र अस्थायी करार शिक्षक संघर्ष समितिले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । सामुदायिक विद्यालयमा कार्यरत ४० हजार राहत शिक्षक, ३५ हजार विद्यालय कर्मचारी, ३६ हजार बाल विकास शिक्षक, ९ हजार शिक्षण सिकाई अनुदान शिक्षक र २६ हजार छुट अस्थायी करार शिक्षकहरूले यस्तो चेतावनी दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले ऐनको ड्राफ्टमा माग सम्बोधन हुने गरी विषयहरू समावेश नगरेको देखिएकाले सरकारलाई खबरदारी थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

  • २

    नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

  • ३

    धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

  • ४

    ‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

  • ५

    गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

  • ६

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

  • ७

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

  • ८

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

  • ९

    सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

  • १०

    हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

  • ११

    शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

  • १२

    आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने

  • १३

    आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै

  • १४

    नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने

  • १५

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐन २०८० विरुद्ध कडा रुपमा प्रस्तुत हुने,विज्ञप्ति सहित

  • हाम्रो समाज
    थप

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    रेडक्रस सोसाइटी धादिङद्धारा वौद्धिक अपाङ्गता आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

    धादिङमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न

    ‘न दुखमा आतिन्छु न सुखमा मातिन्छु’–स्मरण गंगालाल गुरुङको

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑