धादिङ १२ श्रावण
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर ८ मा विद्युत जडान तालिम सम्पन्न भएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको हो । नीलकण्ठ नगर पालिका ८ को समन्वय र व्यवसायिक तालिम तथा सिप विकास केन्द्र गजुरीको आयोजनामा सञ्चालन गरिएको तालिममा २० जनाको सहभागिता रहेको थियो ।
२ महिने तालिम दैनिक ६ घण्टाको दरले प्रशिक्षक राजेन्द्र बानियाद्वारा प्रशिक्षण गराइएको नीलकण्ठ नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनु भयो । व्यवसायिक तालिम तथा सिप विकास तालिम केन्द्र गजुरीका प्रमुख नवराज श्रेष्ठद्वारा सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
तालिम पश्चात सम्पूर्ण सहभागिहरूको सिप परिक्षण हुने र अन्य स्थानहरूमा रोजगारी गर्नुका साथै आफ्नै व्यवसाय सञ्चालन गरेर जिविको पार्जन पनि गर्न सकिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । समापन समारोहमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र गजुरीका प्रमुख नवराज श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडानं. ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठ, प्रशिक्षक राजेन्द्र बानियाँ लगायत सम्पूर्ण प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
गत जेष्ठ २ गते देखि सुरु भएको तालिम आज शुक्रवार सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस