१२ श्रावन २०८०
धादिङको ज्वालामुखी गाँउपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार एक विशेष कार्यक्रमको आयोजना गरि बिहिबार वृक्षारोपण गरिएको हो ।
बिषेश गरी गाँउपालिका भित्रका वडा नं. ६ अन्र्तगतको हुलाक भञ्ज्याङ देखि देउराली सम्मको सडक पेटिमा वृक्षारोपण गरिएको हो ।बर्खा सुरुभए सँगै धादिङका अधिकंश पालिकाहरुले हरियो वन नेपालको धन भन्ने नारालाई सार्थकता दिनाको लागि तथा आफ्नो गाँउ आफै बनाऔ भन्ने नारालाई आत्मसात गरी मौसम अनुकुल बोटविरुवाहरु रोपिरहेका छन ।
ज्वालामुखी गाँउपालिकाको विकासको लागि, गाँउपालिकालाई नमूनाको पालिका बनाउने उद्देश्यका साथ बिहिबार वडा नंम्बर ६ का वडा अध्यक्ष किशोर सेडाईको नेतृत्वमा वृक्षारोपण कार्यक्रममा भएको राज शाक्यले जानकारी दिनुभयो ।
बिषेशगरी वृक्षारोपण कार्यक्रम धुपि १०० बोट, कल्कि फूल ५० बोट र कपूर २५ बोट रोपिएको थियो । वडाभित्र रहेको खाली ठाँउ र बांकी रहेको सडक पेटिहरूमा पनि वृक्षारोपण गरि गाँउपालिका लाई हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको शाक्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस