धादिङ ८ साउन
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले कपाल काट्ने (सैलुन)सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।
विदेशबाट फर्किएका तथा यो पेशा अगाल्न चाहने युवाहरुलाई लक्षित गरेर निःशुल्क तालिम प्रदान गर्न लागिएको सैलुनका सञ्चालक सुलोभ सिग्देलले जानकारी दिनुभयो ।
सैलुनको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच उहाँले ३० युवाहरुलाई सैलुनसम्बन्धी तालिम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्न लागिएको बताउनुभयो ।
उहाँले १५ दिनको अवधि राखेर फाराम खुलाइएको उल्लेख गर्दै त्यसमा भरतपुर महानगरपालिकाभित्रका महिला पुरुष दुबैले आवेदन दिनसक्ने बताउनुभयो ।
तालिम सिजी ल्याण्डमार्कमै उपलब्ध हुने भन्दै उहाले सिकिसकेपछि विद्यार्थीहरुले सरकारी विद्यालयहरुमा गएर विद्यार्थीहरुको कपाल काट्नेगरी भोलेन्टियर सेवा भने दिनुपर्ने नियम बनाइएको पनि बताउनुभयो ।
तालिमको अवधि ४५ दिनको हुने र हाल उक्त सैलुनमा महिला र पुरुष गरी ६ जनाको टीम रहेको बताउदै उहाँहरुले नै तालिम प्रदान गर्ने जनाईएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस