०७ श्रावन २०८०
फिफा महिला विश्वकप फुटबलमा आइतबार तीन खेल हुँदैछ।
स्वीडेन र दक्षिण अफ्रिका, फ्रान्स र जमैका तथा नेदरल्याण्ड्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुन लागेको हो।
स्वीडेन र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे न्युजिल्याण्ड्सको विलिङ्टन रिजनल स्टेडियमा हुँदैछ। नेदरल्याण्ड्स र पोर्चुगलले दिउँसो सवा १ बजे न्युजिल्याण्डकै फोर्सिद बार स्टेडियममा खेल्नेछन्।
फ्रान्स र जमैकाले दिउँसो पौने ३ बजे अस्ट्रेलियाको यलियञ्ज स्टेडियममा प्रतिस्पर्धा गर्नेछन्।
यसअघि शनिबार भएका खेलमा अमेरिका, जापान, इङल्याण्ड र डेनमार्क विजयी भएका थिए। अमेरिकाले भियतनामलाई ३–० र जापानले जाम्बियिामाथि ५–० को जित निकालेको हो। इङ्ल्याण्डले हाइटीमाथि १–० र डेनमार्कले चीनलाई १–० ले हराएको हो।
प्रतिक्रिया दिनुहोस