धादिङ २० असार
धादिङमा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरि ‘स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाऔ’ भन्ने भनाई सँगै चालु आ.व २०७९÷८० वार्षिक प्रगती प्रतिवेदन तथा सरोकार वालासंग कार्यक्रमको दिगोपना विषयमा छलफल गरिएको हो ।
कार्यक्रमलाई सहजीकरण गर्नु हुदै अधिवक्त दिनेश दुवाडीले वैदेशिक रोजगारीलाई लाई प्रभाव पार्ने तत्वहरू, देशको वैदेशिक रोजगारीको समग्र अवस्था, वैदेशिक रोजगारीमा जाने समयमा र गईसकेपछाडी आइपर्ने चुनौतिहरु र सुरक्षित आप्रवासनले यसवारे गर्दै आईरहेका विभिन्न कार्यक्रमका विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।
वैदेशिक रोजगारीको वारेमा प्रष्ट पार्दै अधिवक्त दुवाडीले बैदेशिक रोजगारीमा जाने वेला श्रम स्वीकृति लिएर मात्र जानुपर्ने पनि बताउनु भयो । वैदेशिक रोजगारीमा जाने धेरै व्यक्तिहरु ठगिएको र अलपत्र परेका घटनाहरुलाई स्मरण गर्दै उहाँले यस्ता घटनाहरुलाई कम गर्न र पुन नदोहोरीनको लागि सरोकारवाला पत्रकारहरुको मुख्य भूमिका रहने बताउनुभयो ।
वैदेशिक रोजगारीमा लगिदिने वाहानामा विभिन्न संघ संस्थाहरुले ठग्ने गरेको र यस्ता किसिमका क्रियाकलापबाट सचेत रहन समेत प्रतिवेदनउपर छलफल गरिएको हो ।
सामी परियोजनाले धादिङको धुनीवेशी नगरपालिका,थाक्रे गाउँपालिका,गंगाजमुना गाउँपालिका,नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारिलाई व्यवस्थित सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच,न्यायमा पहुँच, सीप विकास तालिम,मनोसामाजिक परामर्श,वित्तीय साक्षरता जस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संञ्चालन गरिदै आएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी ,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगालय विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस