खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
१५ असार २०८०, शुक्रबार ०८:५०
रेडियो बिहानी संवाददाता
१५ असार २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उनले दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासमेत जनाए ।
उनले शुभकामना सन्देशमा भनेका छन् –’देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रिय स्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ।’
सरकारका प्रयासका बाबजुद बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको उनले उल्लेख गरेका छन् । जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अवलम्बनमार्फत दिगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरूमा उनले आव्हान पनि गरेका छन् ।
साभार ः अनलाइन
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न
नीलकण्ठ १२ द्धारा सामाजिक भत्ता र भत्ता कार्ड नविकरण सेवा एकै साथ वितरण
पोखराका लागि उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना: प्राधिकरण
पर्यटकीय गन्तव्य अम्बोटे गुरुङ गाउँ पहिरोको उच्च जोखिममा
नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति धादिङद्धारा शिक्षकहरुलाई सम्मान
धादिङ अस्पतालमा नयाँ प्रकृतिको शल्यक्रिया सफलता पुर्वक सम्पन्न
कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीलाई धादिङमा बधाई तथा शुभकामना ज्ञापन
रामकोट बचत साकोसद्धारा व्यवस्थापकको लागि कर्मचारी माग
रोम विधान पारित गर्न माग गर्दै नागरिक समाजले बुझायो ज्ञापन पत्र
धादिङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
धादिङको रुविभ्याली गा.पा ६ खादिङ गाउँमा पहिरोले किसानको खेती बगाएसंगै गाउँ नै जोखिम
धादिङ जिल्ला स्तरीय कबड्डी कपको उपाधि टाईटन्स ‘ए’ लाई
प्रतिक्रिया दिनुहोस